जब किशोरीले चलाएको बाइक दुर्घटनामा पर्‍यो! 



वीरगन्ज। 

पर्सामा एक किशोरीले  हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि  भारतीय नै रहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षिक मोहनबिक्रम केसीले बताए । केसीका अनुसार , आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साकोे प्रसौनी गाँउका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेकेो मोटरसाइकल दुर्घटनामा परेको हो ।

गुड्दै गरेको मोटरसाइकलबाट लडेर घाइते भएकी सुदामा देवीको घटटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र मृतक सुदामा देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्