नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

नयाँ बानेश्वरस्थित् सघीय संसद् भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निरन्तर गरेको संसद् अवरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक विषयमा छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्