प्रधान सेनापति शर्मा र गणतन्त्र कोरियाका राजदूतबीच भेटवार्ता



काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा बिहीबार भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जङ्गी अड्डाले जनाएको छ।

भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्