ठूला करदाताको प्रमुखमा शर्मा, राजेश्वर मन्त्रलाय तानिए



काठमाडौँ।

अर्थ मन्त्रालय मातहत रहेको नीकै आकर्षक मानिने ठूला करदाता कार्यालयको प्रमुख (प्रमुख कर प्रशासक)मा जनकराज शर्मालाई पठाइएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै शर्मालाई करदाता कार्यालयमा पठाउने निर्णय गरेका हुन् ।

करदाता कार्यालयमा रहेका राजेश्वर ज्ञावलीलाई अर्थ मन्त्रालयमा तानिएको छ । ज्ञवालीलाई मन्त्रालयमा अतिरिक्त राखिएको छ । अर्थ मन्त्रालयले १ सय किलो सुन तस्करी प्रकरणमा तानिएका विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि सोमबार मात्रै मन्त्रालयमा तानेर उनको ठाउँमा डा टोकराज पाण्डेलाई पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्