गुरुचेलाको सांगीतिक धन्यवाद



चर्चित गायक राजु लामा र द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईको धन्यवाद गीतको भिडियो सार्वजनिक भएको छ।

भ्वाइस अफ नेपाल सिजन ४ विजेता बनाउन सपोर्ट गर्ने प्mयानका लागि समर्पित गीतमा कोच राजु र विजेता करणको स्वर छ। राजुकै शब्द र संगीत रहेको गीत देवेश राईले एरेञ्ज र मिक्सिध्र गरेका छन्। गीत करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

द भ्वाइस अफ नेपाल सिजन–४ को यात्रामा माया, साथ, हौसला र आशीर्वाद दिनुभयो। त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ। तथापि, यो प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु कोच राजु लामा सर र मेरो तर्फबाट हाम्रो स्वरमा यी नै कृतज्ञताको शब्दसहित यो धन्यवाद गीत ल्याएको हुँ, करणको भनाइ छ।

गीतको भिडियोमा गुरु चेला राजु र करण नै फिचर्ड छन्। गीतको शब्दमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन्। भिडियोमा ईशक जाबेगुको निर्देशन र सिनेमाटोग्राफी छ भने सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्