हलिउड सूचीमा सुरक्षाको फिल्म



सन् २०२३ को आधा वर्ष समाप्त हुँदै गर्दा हलिउड सञ्चारमाध्यमले यस वर्षका सर्वश्रेष्ठ फिल्मको सूची तयार गरेर सार्वजनिक गरिरहेका छन्।

हलिउड रिपोर्टर तथा भेराइटीजस्ता हलिउडका चर्चित सञ्चार माध्यमले निकालेका यस्ता फिल्मको सूचीमा नेपालकी अभिनेत्री सुरक्षा पन्त अभिनित तथा नेपालमा पनि छायांकन भएको फिल्म द एट माउन्टेन पनि परेको छ।

भेराइटी म्यागेजिनले यस फिल्मलाई आधा वर्षको सर्वश्रेष्ठ फिल्मको सूचीको दोस्रो स्थानमा राख्दै फिल्मको प्रशंसा गरेको छ। यस फिल्ममा सुरक्षाको साथमा नेपालका चेचे गुरुङ र बाण्डी गुरुङले पनि अभिनय गरेका छन्।फिल्म सन् २०२२ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरियको थियो।

जसमा अभिनेत्री सुरक्षा पन्त पनि सहभागी भएर अन्र्तराष्ट्रिय सञ्चार माध्यममा समेत छाएकी थिइन्। भेराइटीको सूचीको पहिलो नम्बरमा अमेरिकी फिल्म एयर, तेस्रोमा फेलिमिन हट तथा क्रमशः गाय रिचिज द कन्भेन्ट, लिटल रिचार्ड, आई एम अभ्रिथिङ, अप्रेसन फ्युचन, पास्ट लाइभ्स, पोलाइट सोसाइटी, स्किनमारिंक र स्पाइडरम्यान अकस द भर्स रहेका छन्।

प्रतिक्रिया दिनुहोस्