बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो (फाेटाेफिचर)


काठमाडौं ।

बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको  छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्याद थपका लागि उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको हो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सातजनालाई सिआइबीले मंगलबार पक्राउ गरेको थियो।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।