हाउडे मायाले ल्याइन् शिकारी नारी



चर्चित गायिका सिर्जना खत्री (हाउडेमाया) आफ्नो नयाँ सिर्जनाका साथ दर्शकमाझ आएकी छिन्।

उनले हालै आफ्नो स्वर, शब्द र संगीतमा शिकारी नारी बोलको र्याप गीत दर्शकमाझ ल्याएकी हुन्। गीतमा उनलाई गायक प्रताप दासले साथ दिएका छन्। मैथिली भाषामा रहेको पुरुष स्वरको र्यापलाई पूर्णीमा शाहले मैथिलीमा अनुवाद गरेकी छन्। गीतमा लण्डनबाट नेपाल आएका युवा र युवतीबीचको कुराकानीलाई रोमाञ्चकरुपमा र्याप शैलीमा प्रस्तुत गरिएको छ।

गीतमाथि बनेको आकर्षक भिडियोमा सिर्जनाका साथ अभिनेता राज कटुवालले अभिनय गरेका छन्। गीतमा राज मैथिली पोसाक तथा नेपाली दौरा सुरुवालमा देखिएका छन्। सामाजिक सञ्जाल टिकटकमा समेत चर्चा बटुलिरहेको गीतलाई युवापुस्ताले बढी रुचाएको गायिका सिर्जनाले बताइन्। सिर्जना खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई नरेश नाथ योगी किङ योगीले निर्देशन तथा प्रजित योगीले छायांकन र सम्पादन गरेका छन्।

फरक शैलीका गीत तथा र्यापका कारण चर्चामा आउने सिर्जनाको यसभन्दा अघि मेरो एक्सको छम्मा बोलको र्याप गीत सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्