तिमीबिना जीवन सार्वजनिक



गायक गायिका सीमान्त सन्तोष र सब्बु केसीको स्वरमा तिमी बिना जीवन बोलको गीत सार्वजनिक भएको छ।

ध्रुव विस्कोको शब्द र संगीत तथा योगशकाजीको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। सीमान्त र स्वरुपा सुवाललाई फिचरिङ गरिएको गरिएको गीतमा सुदीप बरालको निर्देशन र छायांकन तथा टेकेन्द्र शाहको कलर र सम्पादन रहेको छ। मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

उचाइ एल्बमबाट सांगीतिक यात्रा शुरु गरेका सीमान्तका मेरो दिल दुखायौ के पायौ, तिमी पूजाकी थाली हौ, हेरिदेऊ न छड्के छड्के, दुर्गाले मुर्गा बनाईजस्ता गीत स्रोता र दर्शकको रोजाइमा छन्।

प्रतिक्रिया दिनुहोस्