एसियाड खेल्ने फेन्सिंग खेलाडी छानिए



काठमाडौं ।

१९औ एशियाली खेलकुदका लागि नेपाली फेन्सिंग खेलाडीहरु छानिएका छन् । आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनको ह्याग्जाउमा हुने १९औ एशियाली खेलकुदका लागि महिला र पुरुष गरी ६ जना नेपाली फेन्सिंग खेलाडी छानिएका हुन् ।

बसुन्धारास्थित पूर्व प्रहरी संगठनको हलमा बिहिवार सम्पन्न अन्तिम छनौटमा समान तीन महिला र पुरुष फेन्सिंग खेलाडी छनौट भएको नेपाल फेन्सिंग संघले जनाएको हो ।

साबर स्पर्धाको पुरुषतर्फ नेपाली सेनाका उपेन्द्र शाही, नेपाल सशस्त्र प्रहरी बलका राजेन्द्र गजुरेल र बागमति प्रदेशका पायष योञ्जन छनोट हुन सफल भएका छन् । त्यस्तै, फोयल स्पर्धाको महिलातर्फ बागमति प्रदेशकी गोमा आर्चाय, नेपाल सशस्त्र प्रहरी बलकी अनिता अधिकारी र मन्दिरा थापा छनौट भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्