नेकपा (एस)को संसदीय दलको बैठक बस्दै



काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आह्वान गरिएको छ । आज (बिहीबार) दिउँसो २ बजे उक्त दलको बैठक आह्वान गरिएको हो ।

आगामी वर्ष २०८०/८१ को विनियोजन विधेयक (बजेट)माथि छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका सांसदहरूले संसद्मै बजेट असन्तुलित भएको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्