छोराको बर्थडेका लागि राजेशपायलले गाए गीत



लोकप्रिय गायक राजेशपायल राईले पहिलोपटक छोरा सार्वजनिक गरेका छन्। सांगीतिक क्षेत्रमा सधैं चर्चामा आइरहने र विदेशमा सबैभन्दा बढी कन्सर्टमा प्रस्तुत हुने गायक राजेशपायल पछिल्लो केही समयता विवाहका कारण पनि थप चर्चामा छन्।

विवाह र छोराप्रति टिप्पणी भइरहेका बेला राई इज किङ राजेशपायलले जुनियर किङ अर्थात् छोरा सायारेमको जन्मदिनको अवसरमा ह्याप्पी बर्थ डे बोलको गीतका साथ आप्mनो सन्तानलाई सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा राजेशपायलकै संगीत र स्वर छ। गीतलाई उनले छोरा सायारेमप्रति समर्पित गरेका छन्। गीतमा शब्दरचना अग्नि साम्पाङ राईको छ।

राजेशपायलले सायरेम एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा मंगलबार बिहान ह्याप्पी बर्थ डे बोलको गीत सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्