सुनीलको अनुभव सार्वजनिक



संगीतकार सुनील मास्केले आफ्नो बाह्रांै सोलो एल्बम सार्वजनिक गरेका छन्। एलबमको प्रचलन नै हराइसकेको समयमा सुनीलले राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच अनुभव नामक सोलो एलबम सार्वजनिक गरेका हुन्।

उदय सोताङ र मनिला सोताङको स्वर रहेको एल्बममा पाँच गीत संग्रहित छन्। कति कुरा मीठा वातमा हुन्छ बोलको गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ भने हात समाई मीठा वात गरेकोमा नुतन भुसालको शब्द र सञ्जीव बराइलीको संगीत संयोजन छ।

त्यसैगरी, तिम्रो माया जीवनको खेल हो कीमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन, कता गयो त्यो वैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कँडेलको संगीत संयोजनतथा तिमीसँगै जिन्दगानी बिताउन पाउमा सुनीता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ।

कार्यक्रममा एल्बममा समावेश दुई गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो। सार्वजनिक भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्