जाजरकोटमा सिगारु नाच प्रतियोगिता



जाजरकोट । जाजरकोटमा सिगारु नाच प्रतियोगिता गरिएको छ।

स्थानीय लोक संस्कृतिको संरक्षण गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनमा सिगारु नाच प्रतियोगिता गरिएको हो।

गाउँबस्तीका कलाकारको ९ समूहले लोक बाजासहित प्रतियोगितमा भाग लिएका थिए।

सम्पदा संरक्षण गर्ने उद्देश्यले एक वर्ष पहिला स्थापना भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा सिगारु नाच प्रतियोगिताको आयोजना गरिेको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए।

प्रतियोगितामा भेरी नगरपालिका ११ जगतिपुरको टिम प्रथम भएको छ। नलगाड नगरपालिकाको टिम द्वितीय, भेरी नगरपालिका ४ बोहराको टिम तृतीय र भेरी नगरपालिका २ पोखरागाँउको टिम सान्त्वना भएको भएको छ।

विजयी टिमलाई क्रमशः २५, २०, १५ र सान्त्वना १० हजार रुपियाँ तथा सिगारु नाचमा भाग लिए पनि आउन नसकेका टिमलाई ५ हजार रुपियाँ प्रदान गरिएको छ। कार्यक्रममा पशुपंछी संरक्षणमा योगदान पुर्याएवापत संरक्षणकर्मी बारेकोट ५ का गोविन्दबहादुर सिंहलाई जाजरकोट ताराको उपाधिद्वारा सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्