स्क्वास र राकेट्सका ६ खेलाडी छनोट



काठमाडौं ।

नेपाल स्क्वास राकेट्स सघले बुधबार १९ औँ एसियाली खेलकुदका लागि ६ जना खेलाडी चयन गरेको छ । विश्वकै सर्वाधिक ठूलो खेलकुद मेलामध्ये एक १९ औँ एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ ।

आगामी एसियाडमा नेपाल २९ खेलमा सहभागी हुनेछ । नेपाल स्क्वास राकेट्स संघले राउन्ड रोविन लिगको आधारमा भएको छनोट प्रतियोगितामार्फत् खेलाडीहरु छनोट गरेको छ ।

आगामी एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ हुनुहुन्छ ।

प्रशिक्षकको भूमिकामा हिराबहादुर थापा र मेनेजर संघका अध्यक्ष किशोर महर्जन रहनुभएको छ । आगामी एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्