मिका जबर्जस्ती चुम्बन मुद्दाबाट मुक्त



चर्चित भारतीय गायक मिका सिहंले बलिउड अभिनेत्री राखी सावन्तस™ग जाडिएको जर्बजस्ती चुम्बनसम्बन्धी मुद्दाबाट १७ वर्षपछि राहत पाएका छन्।

राखीले सन् २००६ मा मिकाको बर्थडे पार्टीमा सहभागी भएको बेला मिकाले आफूलाई जर्बजस्ती चुम्बन तथा आपत्तिजनक व्यवहार गरेको भन्दै बम्बे हाई कोर्टमा एफआईआर दर्ता गरेकी थिइन्। त्यसपछि मिकाको साथमा उनको ब्यान्डका पुराना साथी विक्की सिंहले समेत राखी सावन्तको सहमतिमा अदालतसमक्ष उक्त मुद्दा खारेज गर्न माग गर्दैै आएका थिए।

यही क्रममा राखीले आफू र मिकाको यस मामला सौहार्दपूर्णं ढंगले सुल्झाएको पत्र अदालतमा पेस गरेकी थिइन्। यो पत्रसँगै न्यायधीश एएस गडकरी तथा एसजी दिगेको बेन्चले राखीको पत्रलाई ध्यानमा राख्दै सन् २००६ मा राखीले दायर गरेको आरोपपत्र खारेज भएको पैmसला गरेको हो। यससँगै १७ वर्षपछि राखीले मिकालाई माफी दिएको बलिउड नगरीमा चर्चाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्