मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि ओखलढुंगाको अन्तिम १६ खेलाडी छनौट 



ओखलढुंगा  । 

यही जेठ ४ गते देख ओखलढुंगामा सञ्चालन हुने कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताका लागी जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले आफ्नो अन्तिम १६ खेलाडी छनौट गरेको छ । यही जेठ  २९ गते र ३१ गते २ चरणमा ओखलढुंगा जिल्लाको लागी खेल्ने १६ जना खेलाडी छानौट गरी प्रशिक्षणका लागी छानिएका खेलाडीहरूलाई बन्द सत्रमा राखिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाल कुमार खनालले बताएका छन् ।

छनौटमा पर्ने खेलाडीहरुमा मिट फिल्डरहर मार्बल सुनुवार, रिजन मगर, युवराज कार्की, उदिप राई, लक्ष्मण तामाङ र अरविन राई रहेका छन् । यसै गरी फरवार्डहरुमा प्रविन मगर,सन्जय गुरुङ, राजु सुनुवार र राजेश खत्री छानिएका छन् ।

यसै गरी डिफेन्डरहरुमा चन्द्र सुन्दर श्रेष्ट, मन्तव राई, उमेश गुरुङ र अरुण राई रहेका छन् भने गोल किपर कौशल खनाल र रेवत मगर छनौट भएका छन्

प्रतिक्रिया दिनुहोस्