कृतिलाई गाली र ताली सँगसँगै



कृति बलिउड अभिनेत्री कृति सेननहाल रामायणमा आधारित फिल्म आदि पुरुषको प्रचारमा व्यस्त छिन्।

फिल्ममा हिन्दू धर्मकी देवी सीताको भूमिका निर्वाह गरेकी कृति मंगलबार फिल्मको प्रचारका लागि मुम्बइ पुगेकी थिइन्। आकर्षक अनारकली कुतिमा सजिएकी कृतिले पहिरनका कारण पापराजीको ध्यान मज्जैले तानिरहेकी थिइन्। कृतिको यस खालको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएपछि केहीले उनलाई सीता माता भन्दै तारिफ गरे भने अधिकाशंले भने कृतिलाई ट्रोल गर्दै उनलाई मानिसले सितासँग तुलना गरेकोमा आपत्ति जनाएका छन्। सीताकै भूमिका निर्वाह गरेकी कृतिलाई सीतामानेकोमा अभिनेत्रीलाई देवीस“ग तुलना गर्न नमिल्ने भन्दै मानिसहरू भड्किएका हुन्।

केही दिनअघि पनि तिरुपति मन्दिर गएकी कृति मन्दिर बाहिर निस्किएर फिल्मका निर्देशक ओम राउतलाई चुम्बन गरेका कारण आलोचित बन्न पुगेकी थिइन्। उक्त भिडियो भाइरल भएपछि ८० को दशकमा लोकप्रिय धार्मिक टेलिसिरियल रामायणमा सीताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले प्रतिक्रिया जनाएकी थिइन्। उनले हिजोआजका अभिनेत्रीले कसैलाई चुम्बन गर्नु सामान्य भएको, तर आफूले रामायणमा काम गर्दा मानिसहरू सेटमै आएर खुट्टा ढोग्ने गरेको र कसैले पनि अंगालोसमेत हाल्ने आँट नगरेको बताएकी थिइन्।

तर, आजका अभिनेत्रीहरूमा भने भूमिकामा डुब्न र दर्शकको भावना बुभ्mन नसक्ने कमजोरी भएको भन्दै आलोचना गरेकी थिइन्। आगामी शुक्रबार विश्वभर प्रर्दशन हूने फिल्मआदि पुरुषमा कृतिका अलावा प्रभास, सेफ अलिखान, सनी सिंहलगायतलाई देख्न सकिनेछ। भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्मको ठूलो मात्रामा अग्रिम टिकट बुकिङ भइरहेको छ भने यसको पहिलो दिनको कमाइ ५० करोड हुने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्