रीमाले ल्याइन् साँझ पर्यो



गीतकार रीमा श्रेष्ठको शब्द रचनामा साँझ पर्यो बोलको गीत सार्वजनिक भएको छ।

लोकप्रिय गायक राजेश पायल राईद्वारा स्वरवद्ध गीत भिडियोसहित सार्वजनिक भएको हो। अनुप रेग्मीको संगीत र धीरज श्रेष्ठको एरेन्जमेन्ट रहेको गीतमा प्रेम गाथाको कथा छ।

गीत युनिक श्रेष्ठ र जिना श्रेष्ठले निर्माण गरेका हुन्। गीतको भिडियोमा रोहन श्रेष्ठ र प्रिन्सिका श्रेष्ठले अभिनय गरेका छन् भने भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका छन्। भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहालको छ।

प्रतिक्रिया दिनुहोस्