शनिबार र्याप स्टार छानिने



र्यापप गीतमा आधारित रियालिटी सो ¥याप स्टारको अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ।

रियालिटी शोबारे जानकारी दिन ग्रिनमन्की फिल्मस् प्रालिले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा हिपहप र ¥याप गीतसंगीतको प्रवद्र्धन गर्न यो रियालिटी शो गर्न लागिएको निर्देशक आदित्य विक्रम अछामीले जानकारी गराए। ‘हिपहप र ¥यापगीत–संगीतको प्रवद्र्धन गर्न यो रियालिटी शोको आयोजना गरेका हौं। पहिलो शोबाटै हामी धेरै उत्साहित छौं, निर्देशक अछामीले भने।

अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) अन्तिम प्रतिस्पर्धामा पुगेका छन्।

शनिबार हुने अन्तिम प्रतिस्पर्धामा उनीहरूमध्ये एक जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराए। प्रतियोगिता नयाँ पुस्तामा लोकप्रिय रहेकाले सिजन–२ छिट्टै आउने सिइओ सुरेश कुसवारले बताए। कार्यक्रमले नयाँ प्रतिभालाई प्लेटफर्म दिँदा नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका क्रियटिभ हेड अविरल विष्टको भनाइ छ।

कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ। करिब चार महिना चलेको यो कार्यक्रम स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ। प्रतियोगिता ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा हेर्न सकिन्छ। प्रतियोगिताको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट) र एजे (अभिजित भण्डारे) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्