सुमन कुमारले ल्याए सक्दिनँ बिर्सन



गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिनँ बिर्सन बोलको गीत सार्वजनिक भएको छ। गीतमा उनकै शब्द तथा संगीत रहेको छ।

पछिल्लो समय गायान तथा संगीतसँगै सञ्चारकर्म र भिडियो निर्देशनमा पनि सक्रिय गायक श्रेष्ठले आप्mनो यो नवीनतम गीतको भिडियो पनि आफैले निर्देशन गरको छन्। यो गीत र यसको भिडियोबाट उनले संगीत संयोजन र अभिनय क्षेत्रमा पनि पाइला अघि बढाएका छ्न। उनी स्वयंले अभिनय गरेको भिडियोमा उनलाई अभिनयमा मोडल तथा नायिका उर्मिला विसिले साथ दिएकी छन्।

गायक स्वयंकै कथा तथा निर्देशनमा तयार पारिएको भिडियोको छांयाकन ऐतिहासिक नगरी कीर्तिपुरलगायत काठमाडांैको रमणीय स्थानमा गरिएको छ। भिडियोको छांयाकन तिलक बुढाथोकी सम्पादन निराजन केसीले गरको छन्। तेज नेपाल प्रोडक्सन तथा उर्मिला बीसीको प्रस्तुति रहेको भिडियो तेज नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्