प्रेमध्वज संगीत सम्मान र पुरस्कार प्रदान



मखमली स्वरका धनी गायक स्व. प्रेमध्वज प्रधानको स्मृतिमा स्थापित गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले शनिबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उनको ८७औं जन्मजयन्ती पारेर तीन संगीतकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

कार्यक्रममा सुगम संगीतमा योगदान पुर्याएका तीन संगीतकर्मीलाई प्रेमध्वजको नामको सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि कवि तथा लोक संस्कृतिविद् तुलसी दिवसले गीत रचनामार्पmत् संगीतका क्षेत्रमा महङ्कवपूर्ण योगदान पुर्याएवापत गीतकार किरण खरेललाई एक लाख रुपियाँसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मानबाट सम्मानित गरे। त्यसैगरी, वरिष्ठ सितारवादक उस्ताद तारावीर सिंह तुलाधर तुलाधरलाई ७५ हजार रुपियाँसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन संगीत सम्मानबाट सम्मानित गरियो। संगीतप्रेमीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा गायिका मिलन नेवारलाई ५० हजार रुपियाँसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कारबाट पुरस्कृति गरियो।

कार्यक्रममा प्रमुख अतिथि दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी भएको चर्चा गरे। ञभौतिक रुपले मात्रै देशको विकास नभई कलात्मक र साहित्यिक रुपले पनि अघि बढ्न जरुरी छ। प्रेमध्वजलाई आधार बनाएर गरिएको कार्यक्रमको प्रशंसा गर्दछु। गीत र संगीतले मनोरञ्जन मात्रै दिँदैन, देश र विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह पनि गर्छु दिवसले भने।

गीतकार दिनेश अधिकारीले प्रेमध्वज प्रधानको स्वरमा रेडियो नेपालमा २०१३ सालमा पहिलो गीत रेकर्ड भएपछि हिन्दी गीतको दबदबा विस्तारै हट्दै गएको स्मरण गरे। रेडियो नेपालमा २०१३ सालमा प्रेमध्वज प्रधानको स्वरमा यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ बोलको गीत रेकर्ड भएको थियो। २०१४ सालपछि नेपाली गीत रेकर्ड हुन थाले, त्यसअघिसम्म हिन्दी गीतको दबदबा थियो। हिन्दी गीत विस्थापित हुन थाले, नेपाली गीत स्थापित हुन थाले, अधिकारीले सुनाए नेपाली भाषाको परिष्कृत र परिमार्जनलाई हेर्नुपर्यो भने किरण खरेलका गीतलाई अध्ययन गर्दा हुन्छ। खरेलका गीतमा प्रकृति, प्रेम र लोकजीवन पाउन सकिन्छ। खरेलका दुई दर्जनभन्दा बढी गीत प्रेमध्वज प्रधानको स्वरमा प्रवाहित भएको छ।

सो अवसरमा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत गायिका नेवारले प्रेमध्वज प्रधानको स्मृतिमा प्रत्यक्ष संगीतका साथ उनकै गीत गाएर कार्यक्रमलाई सांगितीक रुप दिएका थिए। प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले पहिलोपटक सांगीतिक प्रस्तुतिका साथ सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गरेको हो। नेपाली संगीत क्षेत्रका व्यक्तित्वका साथमा वाद्यवादन कलाकारको पनि सम्मान हुनुपर्छ भन्नेमा सधैं जोड दिने प्रेमध्वज प्रधानको इच्छाबमोजिम वाद्यवादन सम्मान पनि समावेश गरिएको प्रतिष्ठानका उपाध्यक्ष प्रशन्नध्वज प्रधानले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्