बेलायती राजकुमार विलियम र केट मिडलटनको घरमा चोरी प्रयास ,निवासमा दुई जना पक्राउ


बेलायतको राजपरिवारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरी राजकुमार विलियम र उनकी पत्नी केट मिडलटनको ग्रामीण निवासमा बुधबार  चोरी प्रयास भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ।

बेलायतको नोर्फोक प्रहरीले नोभेम्बर २३ सोमबार साँझ स्यान्ड्रिङ्घम इस्टेटस्थित एक सम्पत्तिमा शंकास्पद गतिविधि भएको सूचना पाएपछि अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी कुकुर, ड्रोन र हेलिकप्टरसमेत परिचालन गरिएको थियो। खोजीका क्रममा दुई पुरुषलाई चोरी र अनधिकृत प्रवेशको आशंकामा पक्राउ गरिएको हो। उनीहरू प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बेलायती सञ्चारमाध्यमका अनुसार उक्त सम्पत्ति विलियम र केटको ग्रामीण निवास ‘एनमर हल’ हो। १० शयनकक्ष भएको यो घर दिवंगत महारानी एलिजाबेथ द्वितीयले सन् २०११ मा उनीहरूको विवाहका अवसरमा उपहारस्वरूप दिएकी थिइन्।

घटना हुँदा राजकुमार विलियम, केट र उनीहरूका तीन सन्तान घरमा थिएनन्। उनीहरूको मुख्य निवास हाल विन्डसरस्थित फरेस्ट लज रहेको छ।

घटनापछि केन्सिङ्टन प्यालेसले राजपरिवारको सुरक्षा मामिलामा टिप्पणी नगर्ने जनाएको छ।

राजपरिवारको निजी निवासमा भएको यो घटनाले बेलायतमा उच्च सुरक्षा व्यवस्था भएका स्थानसमेत पूर्ण रूपमा सुरक्षित नहुन सक्ने विषयमा बहस सिर्जना गरेको छ।

u

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।