कंगनाद्वारा रणवीरमाथि कटाक्ष



बलिउड अभिनेत्री कंगना रनावतले निर्देशक रितेश तिवारीले घोषणा गरेको फिल्म रामायणको पात्र चयनबारे आफ्नो भनाइ राख्ने क्रममा अभिनेता रणवीर कपुर तथा करण जोहरमाथि कटाक्ष प्रहार गरेकी छन्।

रामायणका लागि रणवीरलाई रामको पात्र चयन गरिएकोमा कंगनाले रणवीरलाई दुर्योधन तथा करणलाई शकुनी मामाको रोल ठीक हुने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी हुन्। उनले रणवीर तथा करणलाई आफ्नो बारेमा नकारात्मक अफवाह फैलाएको आरोपसमेत लगाउँदै यी दुईकै कारण अभिनेता सुशान्त सिहं राजपुतले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छिन्।

साथै, उनीहरुले आफू र अभिनेता ऋतिक रोशनबारे नकारात्मक हल्ला फिजाएकाले फिल्म क्षेत्रमा करिअरका साथै जिन्दगीमै नकरात्मक असर परेको समेत उल्लेख गरेकी छन्। अहिले म कमजोर ठाउँमा हुन सक्छु। तर, म कसम खान्छु कि जुन दिन म शक्तिमा आउँछु, त्यो दिन म सबैको अवैध गतिविधिबारे पर्दाफास गर्नेछु, उनले लेखेकी छिन्। कंगनाले एक फिल्ममा रणवीर शिव बनेको प्रसंग उठाउँदै उक्त फिल्म दर्शकले मन नपराएको र रामायणमा रामभन्दा रावणको भूमिकामा सुहाउने उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्