सन्दीप र सहिमाको पानपाते ओठ



गायक गायिका सन्दीप न्यौपाने र सहिमा श्रेष्ठको स्वरमा पान पाते ओठ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेजमेन्ट रहहेको छ। गीतको भिडियोको निर्देशन पनि शेर साउदले गरेका छन्।

भिडियोमा उनी स्वयंमका साथमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी र भावना गुरुङ फिचर्ड छन् भने नवराज उप्रेतीको छायांकन र नविन उप्रेतीको सम्पादन रहेको छ। गीतको भिडियो गायक न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक सन्दीपको यसअघि लालुमै, सान्नानी, दिलमायालगायतका गीत चर्चित छन्। उनी नयाँ गीत पान पाते ओठबाट पनि आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्