संगीतमा धुवाँ धुवाँ

0
Shares

अमेरिकामा तयार पारिएको म्युजिक भिडियो अमेरिकाबाटै सार्वजनिक गरिएको छ। अमेरिकाको क्यान्सस राज्यको ओभरल्यान्ड पार्क शहरमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक धुवाँ धुवाँ बोलको गीतमा कमला न्यौपानेको शब्द रचना, येदिन गजमेरको संगीत र स्वरुपराज आर्चायको स्वर रहेको छ। धीरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

व्यस्तताका बीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनलाई देखाइएको भिडियोमा प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको छ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। प्रकाश न्यौपानेको निर्माणमा तयार पारिएको भिडियो तरंग द वेभ क्रियसनबाट बजारमा ल्याइएको छ।