राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


काठमाडौं ।
नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा संचालित ‘१६ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको ईभेन्ट्समा नेपाल एफिएफ क्लवका देवराज रानाले नेपाल पुलिस क्लवका हरि राईलाई २१–१३, २१–१०, त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपीएफ क्लबका अमन महर्जनलाई २१–१७, २१–१७, नेपाल पुलिस क्वबका सुनिल जोसीले भोजपुरका विशाल तामाङलाई २१–११, २१–१३, नेपाल एपीएफ क्लब क्षितिज खनालले कैलालीका चन्दी्रका कथरीलाई २१–१३, २१–१३, नेपाल पुलिस क्लबका जीवन आचार्यले त्रिभुवन आर्मी क्वबका नरेन्द्र बमलाई २१–१६, २१–१९, नेपाल पुलिस क्लबका पूर्ण बहादुर थापाले नेपाल एपीएफ क्लबका प्रनिश सिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७, नेपाल पुलिस क्लबका बिष्णु कटुवालले नेपाल एपीएफ क्लबका भोजबहादुर गुरुङलाई १०–२१, २१–१८, २१–१७ र नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले त्रिभूवन आर्मी क्लबका कबिर केसीलाई २१–७, २१–१२ ले पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
यसैगरी गल्र्स सिंगलतर्फको खेलमा भोजपुरका नङ्सला तामाङले कस्तुरी कलेजका सीमा राजबंशीलाई २१–१२, २१–१६, नेपाल एपीएफ क्लबका जेसीका गुरुङ्गले त्रिभुवन आर्मी क्बलका रिहाना शेरचनलाई २१–८, २१–६, त्रिभुवन आर्मी क्लबका अनुमाया राईले नेपाल एपीएफ क्लबका रिना तामाङलाई २१–१७, २९–२७, नेपाल एपीएफ क्लबका सुनैना मुखियाले त्रिभुवन आर्मी क्लबका बिस्ना बिष्टलाई १६–२१, २१–१३, २१–१८, नेपाल एपीएफ क्लबका सोभा गौचनले त्रिभुवन आर्मी क्लबका सिस्ना सीर्पालीलाई २१–१३ ,२१–१३ त्रिभुवन आर्मी क्लबका अमिता गिरीले काभ्रेका सायरा प्रधानलाई २१–५, २१–३ , नेपाल पुलिस क्लबका नीता लम्सालले सर्लाहीका निकिता लामालाई २१–१२, २१–१७, त्रिभुवन आर्मी क्लबका रशीला मर्हजनले नेपाल एपीएफ क्लवका अन्जना राईलाइ २१–११, २१–१२  ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।

यसैगरी ब्वाईज अन्डर टुभेलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटीले काठमाडाैं व्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठलाई २६–२४, २१–१९, कैलालीका आदित्य चौधरीले ईन्टरनेश्नल व्याडमिन्टन डेभलवमेन्ट क्लबका अछ्यात ढुंगेललाई २१–१८, २७–२५, नेपाल एपीएफ क्लबका सफल भुजेलले भोजपुरका ट्याबुङ् राईलाई २१–७, २१–१३, सुहम कार्कीले त्रिभुवन आर्मी क्लबका दीप थिङ्गलाई २१–१७, २१–१२, दिपक व्याडमिन्टन एकेडेमीका देयोन भण्डारीले सक्षम गुरुङलाई २१–१, २१–१०, त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल पुलिस स्कुल साँगाका ईशान गिरीलाई २१–१२, २१–१४, दाङका ज्योती आदित्य चौधरीले सन्दीप राईलाई २१–८, २१–१७, नेपाल एपीएफ क्लबका आरुष सिंखडाले आईबीएससी ईमाडोलका प्रिन्स थापा मगरलाई २१–४, २१–८ ले पराजित गरी अर्को चरणमा प्रवेश गरेका छन् ।