हुक्का बारमा नाच्थिन् नोरा



बलिउड अभिनेत्री नोरा फतेही बलिउड फिल्म नगरीमा आइटम डान्सका लागि लोकप्रिय छिन्।

उनले बलिउडमा नामका लागि निकै संघर्ष गरेकी छिन्। हालै नोराले बीबीसी यसियन नेट्वर्कका साथ आप्mनो बलिउड संघर्षबारे कुराकानी गर्ने क्रममा आफूले कुनै समयमा हुक्का बारमा समेत काम गरेको बताएकी छिन्। अन्य युवती पार्टी गरेर रमाउने बेलामा आफू भने आप्mनो क्षमता बढाउने क्रियाकलापमा व्यस्त हुने गरेको दाबी उनले गरेकी छन्।

ञमेरो उमेरका साथिहरु पार्टीमा व्यस्त हुन्थ्ये, तर म आफूलाई एउटा कोठामा बन्द गरेर आप्mनो स्किल बढाउने काममा व्यस्त हुन्थें। आप्mनो नृत्य क्षमतालाई बढाउने क्रममा मैले हुक्का बारमा नाच्ने कामसमेत गरे। मलाई बलिउडमा जे जति कामको मौका मिल्यो, ती सबै आखिरी घडीमा मिल्यो। तर, ती मौका सदुपयोग गर्नका लागि म पहिलेदेखि नै आफूलाई तयारी गरिरहेकी थिए, उनले संघर्षका दिन सम्झदै भनेकी छन्।

नोराले हाल भने आफूलाई वर्षमा दश फिल्ममा आफर आए पनि दुईमा मात्र काम गर्ने गरेको बताएकी छन्। ञएकै खालको कामले दर्शक बोर हुने भएकाले वर्षमा दुई फिल्मका लागि मात्र काम गर्ने गरेकी छु, उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्