पोखरामा गुञ्जिए कालीप्रसाद



गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाइ ब्यान्ड हालै किध्र्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन्।

लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आप्mना पुरानादेखि नयाँ गीत सुनाएर दर्शकलाई उफारेका थिए। पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा कालीले अजम्बरी, माया पिरती, साली मन प¥यो, लप्पन छप्पन, पारी त्यो डाँडामाथि लगायतका गीत सुनाएका थिए। लाउन्जले वार्षिकोत्सवमा कालीको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफुल भएको थियो।

लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद लाउन्जले चार वर्ष पूरा गरेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

कालीप्रसाद नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अस्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्