संगीतमा बतासै चल्यो



गायक गायिका किरण भुजेल र अश्मिता अधिकारीको स्वरमा चल्यो चल्यो बतास चल्यो बोलको गीत सार्वजनिक भएको छ।

रोनिश एन्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्मित गीतमा गोविन्द कुइँकेलको शब्द रचना, डीबी लामाको संगीत र पुष्कर सुनुवारको एरेन्जमेन्ट रहेको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विश्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दीपेन्द्र खत्री (आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काले अभिनय गरेका छन्। चक्रबहादुर रिजालले खिचेको गीतको भिडियो शिलन लम्सालले सम्पादन गरेका छन्। गीतको भिडियोनको निर्देशन सियोन श्रेष्ठले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्