सगरमाथा म्युजिक अवार्ड हुने



पाँचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० राजधानीमा हुने भएको छ।

ज्योति विकास बैंकको प्रस्तुतिमा नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ पाँचौं संस्करणको अवार्ड हुने आयोजक अर्थ नेपाल प्रालिले जानकारी गराएको हो। अवार्डमा २०७९ वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराए। जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताए। अवार्ड २०८० मा राष्टिझय, फिल्म, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीले सहभागी हुन सक्ने आयोजकले जनाएका छन्।

अवार्डमा सधैंझैँ नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान र कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान तथा एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्