ज्याकलिन अदालत धाउँदै



दुई सय करोड भारतीय रुपियाँ अपचलनका आरोपी सुकेश चन्द्रसेखको मामलामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पेशीको लागि दिल्लीस्थित पटियाला अदालतमा हाजिर भइरहेकी छिन्।

मंगलबार भने उनी विदेश यात्राको लागि अनुमति माग्न अदालतको ढोका ढकढक्याउन पुगेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार दुबईमा हुन गइरहेको आईफा अवार्डमा सहभागी हुन तथा इटालीमा हुने एक महिने फिल्म सुटिङको अनुमतिको लागि फाइल पेस गर्न उनी पटियाला हाउस कोर्टमा अदालत पुगेकी थिईन्।

गत वर्ष अदालतले कामको सिलसिलमा उनलाई दुबई जाने अनुमति दिएको थियो। तर, मुद्दा अपचलनको एक अरोपीको रूपमा उनले हरेकपटक विदेश जानका लागि अदालतसँग अनुमति लिनुपर्ने हुन्छ। गत वर्ष नै उनले अदालतलाई मागेको विदेश जाने अनुमति अदालतले अस्वीकार गरे पनि यसपटक भने उनले दुबई र ईटाली जाने अनुमति पाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्