भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला



त्रिवेणी  । 

नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताउनुभएको छ । नवलपुरको कावासोतीमा भएको नेपाल पे्रस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उहाँले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भन्नुभयो,

“मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुप¥यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।” सो अवसरमा उहाँले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताउनुभयो । “जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताउनुभयो ।

चार पत्रकार पुरस्कृत

सो अवसरमा चार जना पत्रकारलाई सम्मानसमेत गरिएको छ । नेपाल पे्रस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको ‘सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख सूर्यचन्द्र बस्नेतसहित चार जना पत्रकारलाई सम्मान गरिएको हो ।

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७८ र २०७९ बाट बस्नेतसहित, बिबिसी नेपाली सेवाका ईश्वर जोशी, डा भूमिराज चापागाईं र नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समीरजङ्ग साह सम्मान गरिएको हो । चारै जनालाई जनही रु २५ हजारसहित सम्मान गरिएको नेपाल पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्