आज संसद् बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै



काठमाडौं । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने भएका छन् ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी चलिरहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो (बजेट) अधिवेशनको छैँटौ बैठक बिहान ११ बजे बस्नेछ । बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्