सत्ता गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ पुगिन् डिल्लीबजार कारागार



काठमाडौं

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्।

अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत्  राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएको बुझिएको छ।

गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्