महिलालाई फरक व्यवहार गरिने रिटाको गुनासो



हलिउड गायिका रिटा ओराले मनोरञ्जन दुनियाँमा पुरुष र महिलालाई गरिने व्यवहार फरक रहेको बताएकी छन्।

हालै सञ्चार माध्यममा कुराकानी गर्दै आफ्नो विषयमा मजाक उडाउने ट्रोलरलाई जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन्। उनले आफूले लगाएको कपडालाई लिएर बेला–बेलामा ट्रोल बनाइने गरेको र महिलाको कपडालाई मजाकको विषय बनाउनेहरू महिलाविरोधी सोचको रहने बताएकी हुन्।

‘मैले आफ्नो कपडाबारे धेरै नै कुरा सुन्दै आइरहेकी छु। मनोरञ्जन दुनियाँमा महिलाका साथ अलग व्यवहार गरिन्छ। महिलाले के लाउँछे र के काम गर्छे भन्ने कुरालाई चर्चाको विषय बनाइन्छ’ उनले भनेकी छन् ‘मैले आफ्नो करिअरको दौरान मेरो ड्रेसिङ सेन्सबारे थुप्रै कुराहरू सुन्दै आइरहेको छु। केही मानिसले त किन कपडा लगाउनुप¥यो भन्ने प्रश्न पनि गर्ने गर्छन्, तर मलाई यस्ता कुराले मलाई फरक पर्दैन। म आफू के बन्न चाहन्छु र दर्शक मबाट के चाहन्छन् भन्ने कुरामा मात्र ध्यान दिन्छु।’

हलिउड गायिका तथा गीत लेखकसमेत रहेकी रिटा अलग किसिमका पहिरन लगाएर प्रस्तुत भइरहेकी हुन्छिन्। जसले गर्दा मानिसहरूले उनको मजाक बनाइरहेका हुन्छन्। हट राइट नाउ बोलको गीतबाट रातारात सेलिब्रेटी बनेकी रिटाका हाउ वी डु पार्टी, लेट यु लव मीजस्ता गीत लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्