बालिकालाई पहिरन मिलाउन लगाएपछि रविनाको चर्को आलोचना



बलिउड अभिनेत्री रविना टण्डनका फिल्म नआएको धेरै भयो। तर, बलिउड नगरीमा हुने विभिन्न अवार्ड तथा फिल्मी समारोहमा उनी निरन्तर सहभागी भइरहेकी हुन्छिन्।

विभिन्न समारोहमा सञ्चारमाध्यमको नजरमा परिरहने उनी हालै मात्र एक फिल्मी समारोहमा सहभागी भइन्। रविना समारोहमा सहभागी हुने क्रममा आफ्नो गाडीबाट निस्किएर फोटोग्राफरलाई पोज दिन थालिन्। आकर्षक डिजाइनको गाउनमा सजिएकी रविना निकै सुन्दर देखिएकी थिइन्। गाडीबाट ओर्लिएदेखि नै एक बालिका उनको पछिपछि लागि रहेकी थिइन् भने पोज दिँदै गर्दा भुईंसम्म लत्रिएको रविनाको कपडा ती बालिकाले मिलाइरहेकी हुन्थिन्।

सो भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि भने रविनाको धेरैले आलोचना गरेका छन्। बलिउड फिल्म जगतकी चर्चित अभिनेत्री भएर पनि एक बालिकालाई काम लगाउनु बाल श्रम शोषण भएको भन्दै मानिसहरु उनको चर्को विरोध गरेका छन्। मानिसहरुले रविना आफंैले बाल श्रमको अन्त्यको लागि पहल गर्नुपर्नेमा बालिकालाई काममा लगाएको भन्दै सामाजिक सञ्जालमार्फत उनीविरुद्ध खनिएका हुन्।

प्रतिक्रिया दिनुहोस्