मेट गालामा स्टार लुक्स

0
Shares

हालै अमेरिकाको न्युयोर्क शहरस्थित द मेटझोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न मेट गाला २०२३ मा विश्वका विभिन्न देशका स्टारले आफ्नो सहभागिता जनाउँदै विभिन्न खालका फेसनेवल कपडा तथा डिजाइनमा आफूलाई प्रस्तुत गरेका छन्।

सन् २०१९ मा निधन भएका प्रसिद्ध जर्मन फेसन डिजाइनर कार्ल लेजरफेल्डको टिझब्युट थिममा कार्ल लेजरफेल्ड : लायन अफ ब्युटी शीर्षकमा प्रस्तुत समारोहमा सेलिब्रेटीहरु मनमोहक रुपमा देखिएका थिए। उनीहरुले आफ्ना डिजाइन र पहिरनमार्फत कार्ल लेजरफेल्डलाई श्रद्धाञ्जलि दिएका थिए। साथै, कार्लले सन् २०११ मा अपनाएको सेतो रध्रको चौपेटा नामक बिरालोप्रति सम्मान जनाएका थिए। जुन बिरालो संसारकै सबैभन्दा लोकप्रिय र धनी मानिन्छ। यहाँ प्रस्तुत छ उनीहरुको रेड कार्पेट लुक्स :

अभिनेत्री जेरिमी पोपले प्रसिद्ध जर्मन फेसन डिजाइनर लेजरफेल्डलाई आफ्नो कपडामार्फत श्रद्धाञ्जलि दिइन्।
अमेरिकी ड्डयापर डोजा क्याट सेतो रध्रको चम्किलो गाउनमा बिरालो जस्तै देखिएकी थिइन्। नामअनुसारको काम भनेजस्तै क्याटको क्याटलुकले मेट गालामा चर्चा पाएको थियो। उनले यो लुक्स कार्लको प्रिय बिरालोको सम्मानमा प्रस्तुत गरेकी हुन्।
अभिनेता जारेड लेटो कार्ल लेजरफेल्डको पाल्तु बिरालोको सम्मानमा बिरोलोको लुक्समा प्रस्तुत भएका थिए।
अभिनेत्री गिगी हदिद भने मेट गालामा सारीमा प्रस्तुत भइन्। कालो रध्रको आकर्षक सारी लुक्स दिने गिभेन्ची गाउनमा उनी निकै सुन्दर देखिएकी थिइन्।
अभिनेत्री एस्ले ग्राहमले लगाएको कालो गुलाफी रध्रको गाउन पनि मेट गालाको आकर्षण बन्न पुग्यो।
मेट गालाका सह अध्यक्ष माइकल कोएले लगाएको क्रिस्टलजडित गाउन पनि विशेष चर्चामा रह्यो। जहाँ एक लाख तीस हजारभन्दा बढी क्रिस्टल जडिएका थिए।
गायिका तथा अभिनेत्री रिहाना सेतो रङको आकर्षक भ्लालेन्टिनो गाउन तथा सेतो रङको फ्लोरलहुड कोटमा सजिएकी थिइन्।