प्रियंकाले पाइन् हलिउड फिल्ममा अभिनेतासरह पारिश्रमिक



लामो समयदेखि अभिनेत्रीले पनि अभिनेतासरह पारिश्रमिक पाउनुपर्नेमा जोड दिँदै आएकी बलिउड अभिनेत्री प्रियंका चोपडाले अन्ततः आफ्नो आगामी हलिउड प्रोजेक्टका लागि अभिनेतासरह पारिश्रमिक पाएकी छन्।

प्रियंकाले सञ्चारमाध्यमका साथ गरेको कुराकानीमा आफ्नो आगामी फिल्म लभ अगेनमा अभिनेतासरह पारिश्रमिक पाएको बताएकी हुन्। सुरुमा त मलाई आफ्नो टिमले मैेले अभिनेतासरह पारिश्रमिक पाउने बताउँदा पत्याएकी थिइन।

किनभने मैलै आफ्नो करिअरमा कयौं फिल्ममा काम गरे, तर मेरो पारिश्रमिक अभिनेताको भन्दा निकै कम हुन्थ्यो। समानताको बारेमा आवाज उठाउँदा थाकिसकेको मैले कहिल्यै पनि मेल एक्टरसरह पारिश्रमिक पाउँछु भन्ने आशा गर्न छोडिसकेको थिएँ। तर, फिल्मको अमेजन स्टुडियोको प्रमुख जेनिफर सल्के आफंै एक महिला रहेको पछि थाहा भयो, उनले सञ्चार माध्यमसँग कुरा गर्दै भनेकी छन् ञजब महिलाहरु इन्डस्ट्रीको कुनै प्रमुख पदमा रहन्छन्, उनीहरु अन्य महिलालाई मद्दत गर्छन् भने अन्य महिलालाई मौका तयार गर्छन्।

मलाई अब आफू निकै अघि बढिसकेको महसुस भएको छ र आफ्ना लागि बनेको काँचको पर्खाल तोडेर आफ्नो लागि बाटो बनाइसकेको छु। जुन अब नयाँ आउने अभिनेत्रीका लागि काम लाग्छ।

उनले आफूले सिटाडेल र लभ अगेनपछिको अन्य प्रोजेक्टमा पनि अभिनेतासरह पारिश्रमिक लिइरहेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्