दीपिकाको महंगो भुटान बसाइ



बलिउड अभिनेत्री दीपिका पादुकोण घुमघाममा रुचि राख्ने अभिनेत्रीमा पर्छिन्। आफ्नो कामबाट फुर्सद मिल्नासाथ भ्याकेसन प्लान गर्ने उनी केही दिनअघि भुटान घुमघाममा निस्कएकी थिइन्।

त्यहाँ रहँदा सुन्दर स्थानका तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै घुमघामको मज्जा लिएकी दीपिका हालै भारत फर्किइन्। उनी स्वदेश फर्किएपछि उनले त्यहाँ बसाईको क्रममा खर्च गरेको रकमका कारण चर्चामा छिन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार दीपिकाले भुटानमा रहँदा एक रातकै नेपाली चार लाख रुपियाँ खर्च गरेकी हुन्। उनले यति महंगो रकम भुटानको पारो नामक गाउँमा अवस्थित अमनकोरा नामक आलिसान रिसोर्टमा बस्दा खर्चिएकी हुन्। जुन भुटानी संस्कृतिलाई विशेष ध्यानमा राखेर तयार गरिएको, सुन्दर स्थान र सुविधाले भरिपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्