छोरी हुर्केपछि खुल्यो माहीको बिहे



बलिउड अभिनेत्री माही गिलले हालै व्यवसायी रवि केशरका साथ दोस्रो विवाह गरेको खुलासा गरेकी छन््।

४७ वर्षीया उनले हालै एक भारतीय सञ्चार माध्यमलाई दिएको एक अन्तर्वार्तामा आफूहरु ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि विवाह बन्धनमा बाँधिएको खुलासा गरेकी हुन्। तर, माहीले रविका साथ एक छोरीलाई भने जन्म दिइसकेकी छिन्। जो हाल ६ वर्षकै छिन्। दोस्रो विवाह गुपचुपरुपमा गरेकी माहीले पहिलो विवाह भने १८ वर्षको उमेरमै गरेकी थिइन्। तर, उक्त विवाह लामो समय टिक्न भने सकेन।

देव डी, गुलाल ग्याग्स्टारलगायतका फिल्ममा अभिनय गरेकी माहीले रविका साथ फिक्सर नामक वेब सिरिजमा सँगै काम गरेकी थिइन्। माही हाल रवि तथा आफ्नी छोरीका साथ गोआमा बस्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्