उपनिर्वाचनमा सेना परिचालन गर्न सिफारिस



काठमाडौंं । राष्ट्रिय सुरक्षापरिषद्को बैठकले आगामी वैशाख १०मा हुने उपनिर्वाचमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफरिस गर्ने निर्णय गरिएको छ । मंगलबार सिंहदरबारमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुलुकको अन्तरिक तथा बाह्य सुरक्षा चुनौतीका विषयमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले बाह्य र आन्तरिक सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन दिनुभएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी र रक्षासचिव किरणराज शर्मा सहभागी हुनुभएको थियो ।

बैठकमा मुलुकमा खस्कँदै गएको अर्थतन्त्रले पार्न सक्ने प्रभाव र त्यसपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको बैठकमा सहभागी एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्