रास्वपा अनुशासन आयोगको बैठक जारी, अडियो प्रकरणबारे छानबिन हुँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बसेको छ । उक्त आयोगको बैठक मंगलबार बिहान ११ बजे बसेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडियो बाहिरिएपछि सोबारे छानबिन गर्न बैठक बसेको छ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।

व्यापारी प्रसाईसँग गरेको अडियो संवाद आफ्नो आवाज नभएको श्रेष्ठले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।