चीन-ताइवान युद्धको नजिक : ताइवानको आकाशमा चिनियाँ लडाकु विमान, सीमामा गोलाबारी



काठमाडौं । चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमण गएपछि आक्रोशित चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।

आइतबार करिब ७० चिनियाँ विमान ताइवानको आकाशबाट उडेका थिए । शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सीमा रेखा पार गरेर दक्षिणपश्चिम भागमा उडान भरेका थिए ।

सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ ।

चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ ।

उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा भो ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्