प्रियंका रेस्लर जोनका साथ फिल्म खेल्दै


बलिउड एवम हलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउड अभिनेता एवम चर्चित रेस्लर जोन सिनाका साथ फिल्ममा काम गर्ने भएकी छन्। समाचारअनुसार अब अमेजनको आगामी फिल्म हेड्स अफ स्टेटमा प्रियंकाले जोनका साथ काम गर्ने भएकी हुन्। मे महिनाबाट सुटिङ हुने भनिएको फिल्मका निर्देशक इल्या नाइसुलर हुन्।

पछिल्लो समय प्रियंकाले एकपछि अर्को गर्दै हलिउडमा पनि सफलताको सिँढि चढिरहेकी छन्। योसँगै उनको जासुस श्रृंखला सिटाडेल पनि छिट्टै रिलिज हुने क्रममा छ, जस्मा उनी रिचर्ड म्याडेनका साथ देखिने छिन्।

त्यस्तै, सोनीको आगामी फिल्म लभ अगेनमा पनि देखिनेछिन्। निर्मात्री तथा कलाकारको रुपमा हलिउडसहित दर्जनौं अन्तर्राष्टिझय फिल्म हलमा काम गरिसकेकी प्रियंकाको पर्पल प्लेबर पिक्चर्सले हालै अमेजन स्टुडियोका साथ फिल्म तथा टेलिभिजन कार्यक्रमका लागि सम्झौता गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।