परिणिती नेतासँगको प्रेममा



बलिउड अभिनेत्री परिणिती चोपडा फिल्म उचाइका कारण चर्चामा रहिन्। हाल भने उनी एक सांसदका साथ प्रेम सम्बन्धको कारण चर्चामा छिन्।

उनी भारतको आमआदमी पार्टीका सासंद राघव चङ्काका साथ प्रेम सम्बन्धको हल्लाका कारण चर्चामा छिन्। परिणिती हालै मुम्बईसिथत एक रेस्टुरेन्टमा राघवका साथ डिनरका लागि सँगै गइरहेकी देखिइन्। तर, भोलिपल्ट पनि उनै राघवका साथ एउटै गाडीमा बसेर खाजा खानका लागि निस्किएको देखिएपछि भने उनीहरुबीच प्रेम सम्बन्ध रहेको भारतीय सञ्चार माध्यमले अड्कल काटेका छन्।

तर, उनीशरुले भने यसबारेमा मुख खोलेका छैनन्। बेलायतमा रहँदा सँगै पढेका उनीहरु एक अर्काका असल साथी थिए। पढाइपछि परीणिती फिल्मी करिअरमा व्यस्त भइन् भने राघव राजनीतिमा व्यस्त भए। तर, पछिल्लो समय उनीहरु एक अर्काको मिल्ने साथी भएकाले परिवारबीच विवाहबारे छलफल भएको र उनीहरु विवाहको तयारीमा लागेको टाइम्स अफ इन्डियाले गोप्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

प्रतिक्रिया दिनुहोस्