संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ।

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वोरमा दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने तय भएकाे हाे ।

आज बस्ने तल्लाे सदन प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ ।

यस्तै, प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत सभामा पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आजै बस्ने माथिल्लाे सदन राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।