हावाहुरीसहित परेको असिना पानीले बालीनालीमा क्षति



पर्वत । 

पर्वतका विभिन्न गाउँमा शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले  किसानले लगाएको बालीनाली सखाप पारेको छ ।
हावाहुरी सँगै आएको असिना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा, लौका, घिरौँला र करेला) बालीमा क्षति पु¥याएकोे हो ।असिना पानीले पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी र पैयुँ गाउँपालिका केही भागमा बढी क्षति पु¥याएको छ ।

किसानले लगाएको बालीनालीमा असिना पानीले क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका छन् । केही दिन परेको पानीले किसानलाई राहात मिलेपनि शुक्रवार परेको असिना पानीले गहुँ खेतीसहित तरकारी बाली सखाप बनाएको बिहादी गाउँपालिका कृषक ऋषिराम भुषालले बताउनुभयो ।

असिना पानीले बिहादी गाउँपालिकाको बराचौर र वहाकीठाँटीको माथिल्लो भेगमा बढी क्षति पु¥याएको छ । भुषालका अनुसार बिहादीमा असिना पानीले करिब ७ लाखसम्मको क्षति पुगेकोे अनुमान छ । कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले क्षतिको विवरण आई नसकेको बताउनुभयो । ‘असिना पानीले कहाँ, कति क्षति पु¥यायो भन्ने एकिन विवरण आइसकेको छैन, क्षतिको विवरण संकलन हुँदै छ ।,’ उहाँले भन्नुभयो। असिना पानीले खुल्ला जमिनमा लगाएको बालीनालीमा बढी क्षति हुनसक्ने अनुमान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्