पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही समर्पक समाजमा शिक्षाको चिन्ता

 जगदीश न्यौपानेनेतृत्वमा समिति



बुटवल ।

पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही समर्पक समाजले पाल्पाको रिब्दिकोटमा सञ्चालित शारदा माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्ययमवाट पढाई नहुँदा समस्या भएको भन्दै शैक्षिक सुधारका कार्यक्रम  ल्याउन माग गरेका छन् ।

समाजको शुक्रवार भएको प्रारम्भिक अधिवेशन तथा साधारण सभामा वोल्नहरुले रिब्दिकोटमा अङ्ग्रेजी माध्यममा पढाई नहुँदा विद्यार्थीलाई पढाउन सहर बजार  जान बाध्य हुन परेको भन्दै त्यहाँ रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सुधार गर्न माग गरेका छन् । समाजका वरिष्ठ उपाध्यक्ष जगदीश न्यौपाने रिब्दीकोटका निवर्तमान अध्यक्ष विष्णु गैरे  विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन न्यौपाने  र शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक   ऋषि बहादुर राना  ले यस्तो माग गदै आर्थिक समस्या भए सोको व्यवस्थापन समेत गर्ने बताएका छन् ।

कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले समाजले सामाजिक कामलाई  बढी प्राथमिकतामा राखेर अगाडी बढ्न सुझाव दिनु भयो ।

पाल्पा रिब्दिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले  गाउँपालिका र वडाले गरेका विकास निर्माण शैक्षिक क्रियाकलाप लगायतमा राजनैतिक हिसाबले नहेरी सबैको समान पहुँच हुने गरी बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले शारदा माध्यमिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि समिति गठन भएको र सोही समितिको निर्णयका आधारमा आगामी योजना अघि बढाउने बताउनु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष  तुलसीराम पराजुलीले संस्था स्थापन गर्न गर्नु परेको पहल र समाजले गरेका सामाजिक कार्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
समाजमा जगदीश न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा वसन्त प्रसाद पराजुली उपाध्यक्ष कमल प्रसाद गैरे सचिवमा धातानन्द  पराजुली र सहसचिवमा भुवानी प्रसाद पराजुली, कोषाध्यक्षमा विनीता न्यौपाने र सदस्यमा सीता पराजुली, सूर्य बहादुर सुनार, प्रम प्रकाश पाण्डे र रमेश पाण्डे रहनु भएको छ ।त्यस्तै लेखा समितिको संयोजकमा श्रीराम गैरे सदस्यमा हरि प्रसाद गैरे होमनाथ पाण्डे र गन बहादुर राना चयन हुनु भएको निर्वाचन समितिका संयोजक यमलाल भुसालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्