सिन्धुलीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, २ घाइते 



सिन्धुली ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –५  मा दुई ओटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

मरिण गाउँपालिकाबाट हेटौडा तर्फ जाँदै गरेको प्रदेश २–०१३ प ३४४६ नम्बरको मोटरसाइकल र हेटौडाबाट मरिण तर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मकवानपुरको हेटौडा उपमहानगरपालिका ६ स्थायी घर भई मरिण गाउँपालिका –७ महेश्वता बस्ने १८ बर्षिया प्रनिस चौलागाईरहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो ।

मृतक चौलागाईले चलाएको मोटरसाइकल दुर्घटनामा पूर्णरुपमा जलेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

दुर्घटनामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –५ का अनिल राई गम्भीर घाइते भएका छन् भने अर्का घाइते सर्लाहीको बरथुवा नगरपालिका –३ का रोहन कुमार राईको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक दहालले बताउनुभयो । गम्भीर घाइते अनिललाई उपचारका लागि सिन्धुली ल्याइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्